६ जेष्ठ २०८१, आईतवार 1716131629
Banner

असोज २१ देखि चाँडबाड लक्षित सहुलियत पसल सञ्चालनमा आउने

काठमाडौं । चाडबाँड लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालनमा आउने भएका छन् ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

दशैं, तिहार र छठ पर्वका लागि २१असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले बताए ।

सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।