२५ बैशाख २०८१, मंगलवार 1715065074
शिक्षा /स्वास्थ्य

सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकमाथि सरकारको दमन

काठमाडौं । सरकारले सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलनमाथि हस्तक्षेप गरेको छ ।

मंगलबार माइतीघरमा भेला भएका डाक्टर बानेश्वर आउने क्रममा बबरमहलको मुख्य सडकमा निस्किन खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गर्दै रेजिडेन्ट एसोसिएसन आफ न्याम्सलगायत प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका निस्किएका चिकित्सकहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावादजस्ता नारा लगाएका छन् ।

उपचारका क्रममा डाक्टरहरु कुटिनु दुःखद भएको भन्दै सुरक्षाको ग्यारेन्टी नहुन्जेलसम्म आन्दोलन नरोक्ने उनीहरुको चेतावनी छ ।