६ जेष्ठ २०८१, आईतवार 1716131602
पालिका

काठमाडौं महानगर र आन्दोलनरत ईः पक्षबीच केही बेरमा वार्ता हुँदै

काठमाडौं । फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायत माग राखेर राष्ट्रियसभामा उभिरहेका ईः र काठमाडौं महानगरबीच वार्ता हुने भएको छ ।

महानगरले प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधिसहितको वार्ता टोली गठन गरेपछि महानगर ईःबीच वार्ता हुने भएको हो ।

त्यसैगरी, आन्दोलनरत पक्षबाट ईः, कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली वार्तामा बस्नेछ । तर, सो वार्तामा महानगर प्रमुख बालेन शाह भने नबस्ने भएका छन् ।

यसअघि सोमबार मेयर बालेन शाहले वार्ता गर्न भन्दै ईःलाई बोलाउन नगर प्रहरी पठाएका थिए । ईःले एक्कासी आएर धम्कीको शैलीमा एक्लै बोलाएपछि नगएको बताएका थिए ।