२४ बैशाख २०८१, सोमबार 1715018951
Banner

राहत शिक्षकको आन्दोलन आज पनि जारी

काठमाडौं । अन्दोलनरत शिक्षकहरुमध्ये राहत शिक्षकहरुले सडक आन्दोलनलाई निरन्तरता दिएका छन् ।

सरकारले संसदमा विद्यालय विधेयक पेस गरेको विरोधमा सडकमा उत्रिएका शिक्षकहरुमध्ये सरकार र शिक्षक महासंघबीचको छलफलपछि स्थायी शिक्षक घर फ.र्किए पनि करार शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

उनीहरुले शिक्षक महासंघजस्ता नारा लगाइरहेका छन् । सोही क्रममा नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आइतबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।

उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको राहत शिक्षक केन्द्रीय समितिको आरोप छ ।