२० बैशाख २०८१, बिहीबार 1714694542
Banner

सिख नेताको हत्यामा भारतलाई छुट दिन नसकिने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको भनाइ

काठमाडौं । अमेरिकाले क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा भारतलाई विशेष छुट दिन नहुने बताएको छ । बीबीसीका अनुसार

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले अमेरिका भारत र क्यानडा दुवै देशका उच्च् अधिकारीहरुसँग सम्पर्कमा रहेको बताउँदै यस्तो बताएका हुन् । भारत सरकारले शुरुदेखि नै क्यानडाले लगाएको आरोपलाई अस्वीकार गर्दै आएको छ ।
उसले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप लगाएको छ । निज्जर हत्या प्रकरणका कारण भारत र क्यानडाले दुवै देशले एकअर्काका कूटनीतिज्ञहरुलाई फिर्ता हुन निर्देशन दिएका छन् । त्यसैगरी, दुवै देशले आफ्ना नागरिकलाई एकअर्का देशमा रहँदा सुरक्षित रहन निर्देशन दिएका छन् ।

अमेरिका भारतसँगको सम्बन्धलाई बलियो बनाउने प्रयासमा छ । तर निज्जरको हत्याका सन्दर्भमा पत्रकारसँग कुरा गर्दै सलिभनले अमेरिका जुनसुकै देश प्रभावित भए पनि आफ्नो सिद्धान्तको पक्षमा अडिग रहने बताए । इरान, साउदी अरब र भियतनामपछि अब भारतसँग पनि त्यस्तै परिस्थिति उत्पन्न भएको उहाँले सङ्केत गर्नुभएको बीबीसीले जनाएको छ ।