९ जेष्ठ २०८१, बुधबार 1716356940
Banner

डाउन भएको साढे ३ घण्टापछि अध्यागमन विभागको सर्भर सञ्चालनमा

काठमाडौं । आज बिहानबाट डाउन भएको अध्यागमन विभागको सर्भर सञ्चालनमा आएको छ ।

सोमबार बिहान १० बजेदेखि डाउन भएको विभागको आन्तरिक सर्भर साढे ३ घण्टापछि सञ्चालनमा आएको विभागका सूचना अधिकारी खेमराज भुसालले जानकारी दिए ।

‘पहिले पनि बेला बेलामा आन्तरिक सर्भर डाउन हुन्थ्यो । आज पनि एक्कासी यस्तो भयो,’ सूचना अधिकारी भुसालले भने, ‘अहिले १ बजेर ३० मिनेटपछि सञ्चालनमा आएको छ ।’

सर्भर डाउन भएपछि यात्रुहरुलाई म्यानुअल प्रणालीबाट सेवा प्रवाह गरेको भुसालले दाबी गरे ।