८ जेष्ठ २०८१, मंगलवार 1716306443
Banner

शिक्षक महासंघद्वारा वार्ता अस्वीकार

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज तीन बजे बोलाएको वार्ताको कुनै औचित्य नभएको भन्दै वार्तामा बस्न अस्वीकार गरेको हो ।

महासंघ सह–अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले प्रधानमन्त्री तथा व्यवस्थापिकाले बोलाएको वार्तामा मात्र जाने बताइन् ।

महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । त्यसका लागि जिल्ला जिल्लाबाट शिक्षक कर्मचारीहरू काठमाडौँ आउने क्रम जारी रहेको महासंघले जनाएको छ ।