१९ बैशाख २०८१, बुधबार 1714576669
Banner

चीनका उच्च कूटनीज्ञ वाङको रुस भ्रमणबारे के भन्छन् रुसी र चिनियाँ आधिकारिक निकाय ?

काठमाडौं । चीनका उच्च कूटनीतिज्ञ वाङ यी रुस गएका छन् । उत्तर कोरियाली नेता किमजोङ रुस पुगेर फर्किएलगत्तै उनी चीन पुगेका हुन् ।

रुसी सञ्चारमाध्यमले वाङ राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेइजिङ भ्रमणको निमन्त्रणा दिन मस्को पुगेको उल्लेख गरेका छन् । तर, उत्तर कोरियाली शासक किम जोन उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी चेतावनीबीच सहकार्यको सम्झौता गर्न लागेको अवस्थामा वाङले रुसको भ्रमण गर्नुलाई निकै महत्वका साथ हेरिएको छ ।

यसैगरी, चीनको विदेश मन्त्रालयले रणनीतिक सुरक्षा परमार्शका वाङ रूस पुगेको बताइएको छ ।

रुसको विदेश मन्त्रालयले भने दुई विदेशमन्त्रीबीच युक्रेन युद्धबारे छलफल भएको बताएको छ । त्यस भेटको निष्कर्षबारे रुसी विदेश मन्त्रालयले भनेको छ, ‘रुसको हीत र यसको सहभागितालाई ध्यानमा नराखि गरिने संकट समाधानको प्रस्ताव व्यर्थ हो ।’