१२ आश्विन २०८०, शुक्रबार 1695991487
Banner

शेखरले बोलाएको बैठकमा सहभागीबारे के भने शर्मा र पौडेलले ?

काठमाडौं । संस्थापन इतरपक्षका नेता शेखर कोइरालाले बोला आफ्नो समूहका पदाधिकारी र केन्द्रीय सदस्यले बोलाएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल सहभागी नहुने बताएका छन् ।

बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठक भन्दा अघि बस्न लागेको शेखर गगन समूहले शर्मा र पौडेललाई पनि बोलाएको थियो । पौडेलले विशेष कारण देखाउँदै सो बैठकमा सहभागी हुन नसक्ने बताएका छन् ।

यस्तै १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट महामन्त्री जितेका विश्वप्रकाश शर्मा समेत बैठकमा उपस्थित नहुने भएका छन्।

उनले ट्विट गरेका छन्, ‘दलहरूमा फरक विचार र विचार समूह हुनु स्वभाविक हो। कांग्रेसमा पनि छ र छन्। यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ। तर अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृस्टी निर्माणको समय हो। यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरुप्रती सजग छु र रहनेछु।’