१८ बैशाख २०८१, मंगलवार 1714531799
Banner

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई छुट्टै आचारसंहिता जारी गर्ने तयारी

काठमाडौं । संघबाट स्थानीय तहमा खटिने प्रशासकीय अधिकृतहरुका लागि छुट्टै आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।

संघबाट स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतहमा अनैतिक क्रियाकलाप देखिएको भन्दै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले छुट्टै आचारसंहिता जारी गर्ने तयारी गरेको हो ।

एक साताअघि माईजोगमाई गाउँपालिका, इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र महिला लेखा अधिकृतले २७ असारमा कार्यालयभित्र अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो ।

त्यस्तो गतिविधि भएको भिडियो बाहिररिएपछि प्रमुख प्रशासकीय अधिकृत राई मन्त्रालयको अतिरिक्तमा तानिएका छन् ।
त्यसैगरी सोभन्दा अघि झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अश्लील गतिविधि भिडियो सार्वजनिक भएको थियो ।