१९ बैशाख २०८१, बुधबार 1714570923
Banner

सरकारले सरकारले सुशासन र भ्रष्टाचार विरोधी अभियान चालिरहेको छ :गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासन र भ्रष्टाचार विरोधी अभियान चालिरहेको बताएका छन् ।

आइतबार गोरखा–काठमाडौँ युवा समाजले आयोजना गरेको भेटघाट तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘मिटर ब्याजसम्बन्धी कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको छ । पुलिस प्रशासनमा सरुवा बढुवामा लेनदेन हुने कुरालाई सुन्यामा झारेका छौँ । भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी प्रकरण सबैलाई कारबाही अगाडि बढेको छ,’ उनले भने ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहेको बताए । नेपाल आजसम्म स्वतन्त्र देश हो । यसमा हाम्रो पुर्खाहरूको महत्त्वपूर्ण भूमिका छ,’ उनले भने ।