१९ बैशाख २०८१, बुधबार 1714544556
Banner

संयुक्त राष्ट्रसभाका क्रममा प्रधानमन्त्री दाहाल र चिनियाँ उपराष्ट्रपतिबीच साइड वार्ता हुने

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका उपराष्ट्रपति हान झेङबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

महासभाको ‘साइडलाइन’का क्रममा अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने तय भएको हो ।

महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ अमेरिका पुगेका छन् । झेङ आइतबार उनी न्युयोर्क पुगिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यही असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । असोज ५ गते उनी न्युयोर्कबाट सिधै चीनतर्फ लाग्नेछन् । गएको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरिएको थियो ।

Tags :