३ जेष्ठ २०८१, बिहीबार 1715920654
Banner

शिक्षक महासंघलाई वार्तामा आउन मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेको छ ।

मन्त्रालयले संसदमा दर्ता भएको शिक्षा विधेयकको विरुद्ध असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा आउन महासंघले मातहतका निकायलाई परिपत्र गरेको र शिक्षक कर्मचारी काठमाडौँ आउने तयारीमा रहेका बेला मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

शिक्षा सचिव सुरेश अधिकारीले विद्यालय बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरिएको बताए ।

Tags :