८ जेष्ठ २०८१, मंगलवार 1716337541
Banner

न्यायपरिषद् बैठक निष्कर्षविहीन

काठमाडौं । न्याय परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ ।

सर्वोच्च अदालत र उच्च अदालतका मुख्य न्यायाधीश सिफारिसका लागि बसेको न्यायपरिषदको बैठक कुनै निर्णय नगरी टुंगिएको हो । न्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि कुनै निर्णय हुन सकेन ।

परिषदका एक सदस्यका अनुसार सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गर्नुपर्ने ६ मध्ये कुन क्लस्टरबाट कतिजना न्यायाधीश लैजाने र छनोटको मापदण्ड के बनाउने भन्ने विषयमा छलफल चलिरहेको र टुंगोमा नपुगेकाले निर्णय हुन नसकेको हो ।

शुक्रबार न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । उच्च अदालतमा अझै २९, उच्च अदालतको मुख्य न्यायाधीशमा ६ र सर्वोच्च अदालतमा पनि ६ जना न्यायाधीश पद रिक्त छ ।

Tags :