८ बैशाख २०८१, शनिबार 1713653902
Banner

भारतीय बलर सिराजले व्यक्तिगत तीन ओभरमा लिए पाँच विकेट

काठमाडौं । एसिया कपको फाइनलमा श्रीलंकाविरुद्ध भारतीय बलर मोहम्मद सिराजले आफ्नो व्यक्तिगत तीन ओभरमा पाँच विकेट लिँदै श्रीलंकालाई धराशायी बनाएका छन् ।

श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गरेको थियो। बुमराहले तेस्रो बलमै कुशल परेरालाई आउट गरेर श्रीलंकालाई पहिलो झट्का दिएका थिए ।

त्यसपछि सिराज शो सुरु भयो । उनले आफ्नो पहिलो ओभर मेडन राखे । चौंथो ओभरमा उनले चार विकेट लिए ।

चौंथो ओभरको पहिलो बलमा सिराजले पथुम निसान्कालाई रवीन्द्र जडेजाको हातबाट क्याच गराए ।

दोस्रो बल सदीरा समराविक्रमाले छोडिदिए । तेस्रो बलमा उनी एलबीडब्लु आउट भए । त्यसपछिको बलमा चरिथ असालांकालाई पनि सिराजले पेभिलियन पठाइदिए ।