१४ बैशाख २०८१, शुक्रबार 1714160502
Banner

पाकिस्तानमा आज अविश्वास प्रस्तावमाथि मतदान हुँदै, प्रदर्शनमा उत्रन सर्वसाधारणलाई खानको आग्रह

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा दर्ता गरिएको अविश्वास प्रस्ताव माथि आज मतदान हुँदैछ । गत बिहीबारका लागि तय गरिएको अविश्वासको प्रस्ताव माथिको मतदान आजका लागि सारिएको हो ।

राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडि राष्ट्रव्यापी विरोधमा उत्रन प्रधानमन्त्री खानले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री खानले पाकिस्तानका जनतालाई आफ्नो पक्षमा समर्थन जनाउन र आफ्नो विवेक प्रयोग गरी सडकमा उत्रन आग्रह गर्नुभएको हो । विपक्षीले आफू विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको धोकाको संज्ञा दिनुभयो ।

उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरुले गरेको षडयन्त्र विरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनु भयो ।

यसैबीच हिजो दिनुभएको एक अन्तवार्तामा प्रधानमन्त्री खानले आफ्नो ज्यान जोखिममा रहेको सूचना पाएको दावी समेत गर्नुभएको छ ।