२० बैशाख २०८१, बिहीबार 1714658682
Uncategorized

संखुवासभामा दुई कैदीको मृत्यु

काठमाडौं । संखुवासभा कारागारमा झडप हुँदा दुई कैदीबन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको ककनी–७ का आकाश बलामी र संखुवासभाका बिनोद तोलांगी रहेका संखुवासभा कारागारले जनाएको छ ।
मृत्यु भएका २ मध्ये बिनोद जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ तोकिएका व्यक्ति हुन भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजायँ तोकिएका व्यक्ति हुन् ।

आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखे ।

बिहान करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए । अस्पताल लैजाने क्रममा ‘उनीहरुको मृत्यु भएको जिप्रका संखुवासभाले जनाएको छ ।