२१ बैशाख २०८१, शुक्रबार 1714717189
Banner

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा पनि वर्षा भइरहेको छ ।

सिन्धुपाल्चोक, भक्तपुर र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । सिन्धुपाल्चोकको धापस्थित वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना भएकोले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।