२४ बैशाख २०८१, सोमबार 1715010303
Banner

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तीनपटक माग्दा पाइनँ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आफूले तीन पटक माग्दा पनि नपाएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले यस्तो बताएका हुन् ।

‘मैले मन्त्री भएपछि एक पटक होइन दुई पटक, तीन पटक मागेँ, भेटिएको छैन, दराजमा कतै मिसिङ भएको हुन सक्छ । प्राप्त भएको छैन सिस्टमबाट । खोजी भइरहेको छ,’ मन्त्री राईले भने ।

०७५ मा तत्कालीन सरकारले तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा २४ सदस्यीय ‘उच्च स्तरीय शिक्षा आयोग’ गठन गरेको थियो । आयोगले नेपालको समग्र शिक्षासम्बन्धी खाकासहितको प्रतिवेदन ०७५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो ।

त्यो प्रधानमन्त्रीलाई होइन सिस्टमलाई बुझाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयले प्रतिवेदन सुरक्षित राख्ने र शिक्षा मन्त्रालयलाई पठाउनुपर्ने हो’ मन्त्री राईले भने ।