५ जेष्ठ २०८१, शनिबार 1716091091
राजनीति

केन्द्रीय समिति बैठकको लाइभ गर्दै कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने तयारी गरेको हो।

पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार तयारी थालिएको पौडेलले बताए । लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको छ ।

एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले लाइभ गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा पक्षविपक्ष भए पनि पार्टी केन्द्रीय कार्यालयले भने तयारी गरेको छ ।