४ जेष्ठ २०८१, शुक्रबार 1715968558
अपराध

पूर्वसांसद रेखा झाविरुद्ध साइबर ब्युरोमा उजुरी

जनकपुरधाम । नेकपा एमाले नेतृ रेखा झाले नेपाली राष्ट्रिय एकतामाथि अघात पुर्‍याएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ ।

पूर्वसांसद समेत रहेकी नेतृ झाविरुद्ध राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले सोमबार साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

नेतृ झा तत्कालीन अङ्ग्रेज (ब्रिटिसले जारी गरेको नक्सा) सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी थिइन् । शेयर गरिएको नक्सामा नेपाल पनि ब्रिटिस शासन अधीनको दर्साएकोले नेतृ झामाथि आवश्यक कारबाहीको माग गरिएको छ ।

अभियानका संयोजक यादवले असार २७ मा प्रेस विज्ञप्ति जारी गरेर नेतृ झामाथि कारबाही गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका थिए । तर सम्बन्धित पक्षले चासो नदेखाएपछि उनले साइबर ब्युरोमा उजुरी नै दर्ता गराएका छन् ।

देशद्रोही कार्य गरेको भन्दै अभियान संयोजक यादवले नेतृ झासँग विज्ञप्तिमार्फत माफी माग्न र नेपालको गौरवशाली इतिहासलाई कलङ्कित गर्ने कार्य नगर्न आग्रह पनि गरेका थिए।