२० बैशाख २०८१, बिहीबार 1714678196
अर्थ

नेप्से परिसूचक २११७.७३ बिन्दुमा

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

आइतबार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ बिन्दुमा पुगेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९।६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८९ अंकले बढेको छ । नेप्से ६२ अंकले बढेसँगै नेप्से परिसूचक २१ सय बिन्दुमाथि पुगेको छ ।

आइतबार कारोबारमा आएका २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर ६ अर्ब ४९ करोड ४ लाख १२ हजारबराबरको शेयर खरिदबिक्री भएको छ ।

सो कारोबार पछिल्लो ६ महिनाको सबैभन्दा धेरै हो । गत पुस २६ गते नेप्सेमा ७ अर्ब ४० करोडको कारोबार भएको थियो ।

Tags :