४ जेष्ठ २०८१, शुक्रबार 1715948233
Uncategorized

सञ्चार तथा सूचना प्रविधिमन्त्री भन्छिन् : आइटी कलेज स्थापना गर्छौँ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने बताएकी छन् ।
शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ को उदघाटन समारोहमा बोल्दै सञ्‍चारमन्त्री शर्माले यस्तो कुरा बताएकी हुन् । सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्‍याउन काम गरिरहेको उनको भनाइ छ ।

सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने उनले बताइन् । ‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं ।’

सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्‍याउन आवश्यक नीति बनाउने काम भइरहेको उनको भनाइ छ ।
सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेको बताउँदै उनले पुराना नीतिलाई समयानुकूल बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताइन्। ‘मन्त्रालय मात्र नभएर सरकारले मन्त्रीपरिषदमा पनि छलफल गरिरहेका छौं,’ उनले भनिन्, ‘अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ।’

सरकारसँग समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्वयन गर्न कठिन भएको उनले बताइन्। उनले भनिन्,‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ । यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ।’