२३ बैशाख २०८१, आईतवार 1714946054
Banner

एमाले अध्यक्ष ओली र वामदेव गौतमबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकता अभियानको संयोजक रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच भेटवार्ता जारी रहेको छ ।

आइतबार पार्टी कार्यालय पुगेर एकता केन्द्रका अध्यक्ष गौतमले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय सार्वजनिक भएसँगै गौतमले एमालेमा नै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने बताएका थिए ।

Tags :