५ जेष्ठ २०८१, शनिबार 1716067060
Banner

सामुदायिक विद्यालयका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । शिक्षा मन्त्रालयले वार्तामा बोलाएपछिच सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको आन्दोलन स्थगित भएको छ ।

नेपाल विद्यालय कर्मचारी युनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ र नेपाल विद्यालय कर्मचारी परिषद्ले आज संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाइएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई हालसम्म पनि ८ हजार, १३ हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिकमा काम गर्न वाध्य पारिएकोले विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै आन्दोलनमा उत्रिएका थिए । चरणबद्ध आन्दोलन अन्तर्गत आज सबै सामूदायिक विद्यालयहरु बन्द गरिएको थियो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्राललयले सरकारको तर्फबाट वार्ता टोली गठन गरि संवादको वातावरण निर्माण गर्दै वार्तामा आउन आहृवान गरिएको र आम जनभावनाको उच्च कदर गर्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरीएको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०८० ०८१ को नीति तथा कार्यक्रमको बुदाँ १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषयहरु सम्बोधन गरिने छ भन्ने बुँदा उल्लेख भए पनि १५ गते संघीय संसदमा प्रस्तुत बजेटमा उक्त विषय छुटाइएकाले आन्दोलनका कार्यक्रमहरु घोषणा गरी चरणबद्ध रूपमा गर्दै आन्दोलन गर्दै आएको उनीहरुको भनाइ छ ।

Tags :