२४ बैशाख २०८१, सोमबार 1715013585
Banner

अर्थमन्त्री डा.प्रकाशशरण महतद्वारा संघीय संसदको दुवै सदन बजेट प्रस्तुत

काठमाडौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०–८१० को बजेट प्रस्तुत गर्दैछन्। अर्थमन्त्री महतले आज प्रस्तुत गर्ने बजेट नेपालको ७६औं बजेट हो।

संकटमा परेको अर्थतन्त्र उकास्न महतले यस पटक खर्च कटौती गर्ने बताउँदै आएका छन्। साथै चालू वर्षको भन्दा आगामी बजेटको आकार कम हुने अर्थमन्त्री स्वयंमले बताउँदै आएका छन्।

सरकारले आगामी वर्ष गर्ने खर्च र सो खर्च व्यहोर्ने स्रोतसहित आयव्ययको विवरण बजेटमार्फत् सार्वजनिक हुन्छ। सरकारले खर्च गर्ने स्रोतमा सबैभन्दा ठूलो स्रोत राजस्व हो। यस्तै वैदेशिक ऋण तथा अनुदान र आन्तरिक ऋण सरकारले आगामी वर्ष कति उठाउने लक्ष्य लिएको छ सोबारे जानकारी गराउनेछन्।

नेपालमा वि।सं २००८ सालदेखि बजेट सार्वजनिक गर्ने प्रचलन भएको हो। तत्काली अर्थमन्त्री सुवर्णशमशेर राणाले नेपालको पहिलो बजेट ल्याएका थिए। तत्कालीन अर्थमन्त्री सूवर्ण शमशेर राणाले संसदमा ५ करोड २५ लाख २९ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका थिए।

चालू वर्ष १७ खर्ब ९३ अर्बको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब हारहारीकै बजेट ल्याउँदै। नेपालमा संविधान जारी हुनुअघि असार मसान्तमा बजेट सार्वजनिक गर्ने चलन थियो। तर, २०७२ असोज ३ गते संविधान जारी भएपछि जेठ १५ गतेलाई बजेट सार्वजनिक गर्नुपर्ने दिनको रूपमा तोकिएको छ।