१४ बैशाख २०८१, शुक्रबार 1714172873
Banner

सूर्यविनायक नगरपालिकाको नयाँ प्रयोग, अतिथीलाई कुरिलो र सयपत्री फूलको मालाले स्वागत (फोटो फिचर)

काठमाडौं । सूर्यविनायक नगरपालिकाले नयाँ अभ्यासको थालनी गरेको छ । नगरपालिकाले कार्यक्रममा सहभागि अतिथीलाई स्थानीय उत्पादनको सयपत्री फूलको माला र कुरिलोले स्वागत गरेको हो । काठमाडौं उपत्यकास्तरिय उपप्रमुखहरुको सञ्जालको तेस्रो बैठकमा सहभागि हुन आएका पाहुनाको स्वागतका लागि उपमेयर सरिता तिम्सिना भटटराईले कुरिलो र सयपत्री फूलको मालाले स्वागत गर्नुभएको हो । सूर्यविनायक नगरपालिकाले आयोजना गरेको उक्त छलफलमा उपमेयर सरिता तिम्सिना भटटराईले नगरपालिका भित्र उत्पादन भएको स्थानीय उत्पादनको प्रयोगको प्रचारप्रसार र प्रोत्साहनका लागि उक्त प्रयोग गरिएको बताउनुभयो । किसानलाई उत्पादनका लागि प्रोत्साहन गर्न र उत्पादित सामाग्रि खेर नजाओस भन्नका लागि यस्तो अभ्यास गरिएको उहाँले बताउनुभयो । नगरपालिकाको आयोजनामा कटुञ्जेको घयाम्पेडाँडामा उपमेयरहरुको तेस्रो बैठक जारी छ । तस्विर : चन्द्रमणी भटटराई