२४ बैशाख २०८१, सोमबार 1715012987
Banner

पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधान गर्न सांसदको ध्यानाकर्षण

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

k|ltlglw;ef a}7s sf7df8f}F, & h]7M k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k’iksdn bfxfn…k|r08Ú,k”j{k|wfgdGqL s]kL zdf{ cf]nL nufot ;f+;b . tl:a/Mk|bLk/fh jGt÷/f;;

आजको बैठकमा सांसद डोलप्रसाद अर्यालले धादिङमा अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र काम अघि बढाउन आग्रह गर्नुभयो । सांसद तारा लामा तामाङले कञ्चनपुरका केही स्थानमा किसानले सरकारलाई मालपोत कर तिरेको भए पनि उक्त जग्गा धितो राखी ऋण लिन नपाएका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद तेजुलाल चौधरी तराई–मधेस आन्दोलनपछि सुझाव सङ्कलन गरी तयार गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । सांसद तोसिमा कार्कीले नीति तथा कार्यक्रममा ललितपुरका कला संस्कृतिका बारेमा कुनै ठोस कार्यक्रम उल्लेख नभएकोमा गुनासो गर्नुभयो ।

सांसद दामोदर पौडेल वैरागीले अन्तर्राष्ट्रिय संस्थाले गरेको सहयोग स्थानीय गैरसरकारी संस्थाले मनपरी खर्च गरेको भन्दै सरकारलाई प्रभावकारी अनुगमन गर्न आग्रह गर्नुभयो । सांसद दीपक खड्काले किमथाङ्का र चतरा जोड्ने सडक यही वर्षभित्र निर्माण गर्ने गरी काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दामोदर भण्डारीले सुदूरपश्चिममा पशुचौपायामा देखिएको सङ्क्रमणको समयमै उपचार तथा रोकथामको माग गर्नुभयो । सांसद दीपक गिरीले नेपाल कृषिप्रधान मुलुक भए पनि किसान मल नपाएर पीडित भएको उल्लेख गर्दै तत्काल मल बीउ आपूर्तिका लागि माग गर्नुभयो । सांसद दीपकबहादुर सिंहले मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना र रोपवे सञ्चालन गर्न माग गर्नुभयो । सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको चन्द्रनिगाहापुरमा स्थानीयले बैंकमा जम्मा गरेको रकम गायब भएको सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद देवेन्द्र पौडेलले बागलुङमा विभिन्न क्षेत्रमा सडक निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नागिना यादवले युवा विद्यार्थी शिक्षा र रोजगारीका लागि विदेशिने गरेको बताउँदै विकासका लागि मुलुकभित्रै जनशक्ति तयार गर्ने नीति ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ठाकुरप्रसाद गैरेले पाल्पामा विद्युत्को समस्याका कारण खानेपानीको समस्या भएको बताउँदै नियमित आपूर्ति गरी लोडसेडिङ अन्त्यको माग गर्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले यही जेठ १ गते नेपाली सेनाका पाँच जनाले सगरमाथाको सफल गरेको आरोहण फर्कने बेलामा तीन जना घाइते भएका र त्यसमध्ये सहसेनानी दिपेन्द्र खत्रीले अवस्था गम्भीर रहेकाले र थप उपचारका लागि विदेश लैजाने व्यवस्था गर्न आग्रह गर्नुभयो । सांसद निर्मला कोइरालाले पर्सामा रहेको वीरगञ्च चिनी कारखाना पुनःसञ्चालनका लागि आगामी बजेटमा व्यवस्था गर्न माग गर्नुभयो । सांसद निशा डाँगीले गाउँमा किसानका दूधले बजार नपाएको बताउँदै ठूला सहरमा भारतबाट दूध आयात गर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नैनकला थापाले आगामी आवको नीति तथा कार्यक्रममा महिलाको पाठेघर क्यान्सरको पहिचानको निःशुल्क व्यवस्था गरिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक उपकरण ल्याउनुपर्ने बताउनुभयो । सांसद पुष्पबहादुर शाहले अछाममा विगतको बाढीपहिरोबाट पीडितको तत्काल पुनःस्थापना गर्न माग गर्नुभयो । सांसद पूर्णबहादुर घर्तीमगरले ढोरपाटन सिकार आरक्ष क्षेत्रका जनताका समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

सांसद प्रकाशमान सिंहले पैदलयात्री मैत्री बाटो नहुँदा दुर्घटना बढेको बताउँदै तत्काल नयाँ बानेश्वरको आलोकनगर–प्रयागमार्ग जोडने आकाशेपुल निर्माण गर्न माग गर्नुभयो । सांसद प्रतिक्षा तिवारीले जनकपुरलगायत क्षेत्रमा खानेपानीका मुहान सुक्न लागेको बताउँदै सामाधानका लागि सरकारसँग माग गर्नुभयो । साथै उहाँले सरकारी कार्यालय आफ्नै भवनमा राख्ने व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रदीप पौडेलले हरेक प्रविधिमा इन्टरनेटको आवश्यकता भए पनि त्यसको गुणस्तर र नियमितता नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।