१६ बैशाख २०८१, आईतवार 1714283732
समाचार

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागमा चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेशका एक दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।