३१ बैशाख २०८१, सोमबार 1715582180
Banner

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पुर्वगुहमन्त्री खाणको बयान आजपनि लिर्दै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाणको बयान आजपनि लिईदैछ । सोमबार बिहान सरकारी वकिलको रोहबरमा खाणको बयान लिइएको थियो तर हिजो बयान नसकिएपछि आज लिन लागिएको हो। पक्राउ परेको छैटौं दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो। गत बुधबार प्रहरीले उनलाई मैजुबहालबाट पक्राउ गरेको थियो।

सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार हिजो बयान नसकिएको भन्दै आज उनको बयान लिनेछ। प्रहरीले खाणविरूद्ध प्रमाण जुटाउनुपर्ने भएकाले बयान लिइसकेको थिएन। प्रहरीले खाणलाई पक्राउ गर्दा मोबाइल बरामद गरेको थियो।

मोबाइल बरामद गर्नुअघि खाणले त्यसमा भएका सबै फर्म्याट गरिसकेका थिए। त्यसपछि प्रहरीले उनीविरूद्ध प्रमाण जुटाउनको लागि मोबाइल फरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट रिपोर्ट ल्याएपछि उनको बयान लिनको लागि सरकारी वकिल कार्यालयमा लगिएको थियो।

आइतबार पनि उनलाई कार्यालयमा पुर्‍याइएको थियो।