२७ बैशाख २०८१, बिहीबार 1715278567
Banner

आज एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज शनिवार बस्दैछ ।

शुक्रवार नै बस्ने तय भएको बैठक अन्तिममा शनिवार बस्ने गरी सारिएको थियो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले शनिवार बिहान ८ बजे स्थायी कमिटी बैठक बस्ने जानकारी दिए ।

बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ । केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिने जनाइएको छ ।