२३ बैशाख २०८१, आईतवार 1714917144
शिक्षा /स्वास्थ्य

चिरञ्जीवीसहित रामेछाका ३ डेरीको उत्पादन गुणस्तरहीन

काठमाडौं । रामेछापको मन्थलीमा सञ्चालनमा रहेको ३ डेरीमा उत्पादन हुने दुधको गुणस्तर कमजोर रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा शुक्रबार गरिएको अनुगमनमा मन्थलीका ३ डेरीमा उपभोक्तालाई बेच्न राखिएको दुधमा फ्याटको मात्र कम पाइएको हो ।

रामेछपकै चर्चित र स्थापित चिरञ्जीवी डेरी, अमृत डेरी र रामेछाप डेरीबाट उपभोक्तालाई बेच्न भनी राखिएको दुध परिक्षण गर्दा फ्याट कम पाइएको हो । अनुगमन पस्चात उक्त डेरीहरुलाई १५ हजार जरीवाना गरिएको छ ।

मन्थलीमा सञ्चालन गरिएको डेरीले पालना गर्नुपर्ने मापदण्डसमेत पालन नगरेको अनुगमनबाट पत्ता लगेको छ । मादण्ड पालन नगर्ने डेरीलाई पहिलो पटक सचेत गराइएको छ ।