२३ बैशाख २०८१, आईतवार 1714889113
शिक्षा /स्वास्थ्य

बुनपा–९ मा आँखा शिविर : तिलगंगामा निःशुल्क शल्यक्रियाको व्यवस्था

काठमाडौं । बुढानिलकण्ड नगरपालिका वडा–९ ले आँखा शिविर सञ्चालन गरेको छ । मधुमेह, प्रेसरलगायत रोगबाट पीडितहरुलाई ध्यानमा राखेर गरिएको यो आँखा शिविर तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर गरिएको वडाध्यक्ष सुमित्रा त्रिपाठीले बताइन् ।

शिविरमा समस्या पहिचान भएकाहरुलाई अस्पतलाले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको छ । शनिबार सुरु भएको शिविरमा दिउँसो १२ बजेसम्म २ सयभन्दा बढीले आफ्नो आँखा परिक्षण गराइ सकेका छन् । ८ बजेदेखि १ बजेसम्म नाम दर्ता गर्ने व्यवस्था गरिएको छ ।

वडा कार्यलयले भने १००–१५० सम्मले परिक्षण गराउने आँकल गरेको थियो । तर, उक्त आँकलनभन्दा धेरै मानिस आँखा परिक्षण गर्न सहभागी भएको वडाध्यक्ष त्रिपाठीले बताए । १५० हाराहारीको व्यवस्थापन गरेको तर, २०० भन्दा बढी मानिस आएकाले त्यसका लागि थप व्यवस्थापन गर्नुपरेको उनले बताइन् ।