१४ बैशाख २०८१, शुक्रबार 1714175918
Banner

अध्यक्ष ओलीको टिप्पणी– ‘अबको निर्वाचनमा नेपाली काँग्रेसलाई १३ सिटमा झार्नुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताउनुभएको छ । एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताउनुभएको हो । यसका लागि तयारीमा लाग्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा उहाँले जो व्यक्ति भत्ता खाइरहेको छ उसले कांग्रेसलाई भोट नदिने र जो व्यक्ति भत्ता खाने बेला हुन लागेको उनले पनि भोट नदिने दावी गर्नुभयो । यस्तै कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको बताउनुभयो । अब एमाले बाहेक अरु पार्टी सरकारमा गएर तलबभत्ता नबढ्ने आश्वासन पनि कर्मचारीलाई दिएको उहाँले बताउनुभयो । युवाहरू पनि कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको र एमालेलाई भोट दिने उहाँको भनाइ थियो ।

कार्यक्रममा एमाले देशको पहिलो पार्टी भएको र संसदमा अझै पनि एमालेको ९८ सिट रहेको उहाँको भनाइ थियो । उहाँले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहितका अन्य पार्टीको भाँडो रित्तिसकेको अध्यक्ष ओलीको भनाई थियो ।