१९ जेष्ठ २०८०, शुक्रबार 1685723625
Banner

टाटासुमो दुर्घटना हुँदा दुईको निधन, एघार घाइते

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा निधन भएको छ भने एघार जना घाइते भएका छन् ।

बेतिनीबाट यात्रु लिएर काठमाडौँ जान लागेको सुमो आज अपराह्न सोहीस्थानको सानोगोल्फूको धारापानीको ओरालोमा अनियन्त्रित हुँदा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । ना १ ज ३९८४ नं को सुमो बेतिनीबाट काठमाडौँ जाने क्रममा धारपानीको ओरालोमा अनियन्त्रित भएर करीब ३०० मिटर तल खस्दा चार जनाको अवस्था गम्भीर रहेको हुँदा अन्य घाइतेलाई थप उपचारको लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।