१४ बैशाख २०८१, शुक्रबार 1714189848
Banner

एनसीसी क्याम्पस : स्ववियु अलपत्र, क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन

काठमाडौं । नेपाल कमर्श क्याम्पसमा आज स्ववियु निर्वाचन हुन गइरहेको छ। तर, क्याम्पस प्रमुख प्राध्यापक धुब्रप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी भने सम्पर्कविहीन बनेका छन्। बिहान ८ बजेदेखि मतदान गर्ने भन्ने थियो । तर, अहिलेसम्म सर्वदलिय बैठक समेत बस्न सकेको छैन।

मतदान गर्नका लागि भनेर ठूलो संख्यामा विद्यार्थीहरु क्याम्पसमा आएका छन् । क्याम्पस प्रमुखले फोन उठाएका छैनन् भने निर्वाचन अधिकृतले फोन स्वीच अफ गरेर बसेका छन् ।

निर्वाचन समितिको कार्यालयले शनिवार निर्वाचन गराउने भने सूचना जारी गरेको थियो । मतदानको लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिएको थियो ।