४ जेष्ठ २०८१, शुक्रबार 1715935762
Uncategorized

नेविसंघ विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित भयो : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ पहिलो संगठन बनेको बताएका छन्। नेविसंघबाट स्ववियु निर्वाचनमा विजयीलाई बधाई तथा शुभकामना दिँदै उनले स्ववियु निर्वाचनबाट नेविसंघ आम विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित भएको महामन्त्री थापाले बताए ।

‘यो स्ववियु निर्वाचनले फेरी एक पटक नेविसंघलाई आम विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित गरेको छ। यो विश्वासलाई कायम राख्दै नेविसंघले विद्यार्थी आन्दोलनलाई नयाँ र परिष्कृत ढङ्गले अगाडी बढाउनु पर्दछ,’ उनले भने ।

आम विद्यार्थीका मुद्दा सम्बोधन गर्न र स्ववियूको गरिमा उच्च राख्न स्ववियु नेतृत्वले जिम्मेवार ढंगले काम गर्ने विश्वास लिएको थापाको भनाइ छ । ‘आम विद्यार्थीका मुद्दालाई संवोधन गर्न तथा स्ववियुको गरिमालाई उच्च बनाउन नवनिर्वाचित स्ववियु नेतृत्वले जिम्मेवार ढङ्गले काम गर्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

थापाको फेसबुक स्टाटस हेर्न यहाँ थिच्नुस्