२५ बैशाख २०८१, मंगलवार 1715099403
समाचार

पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी तथा असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ।

देशको पहाडी भू-भागका थोरै स्थानमा तथा तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ ।