१४ बैशाख २०८१, शुक्रबार 1714172423
Banner

स्ववियु निर्वाचनमा मतदान जारी (तस्विरहरु)

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनको मतदान भइरहेको छ । 

 काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा पनि मतदान भइरहेको छ । उम्मेदवार र उम्मेदवारका समर्थक आफ्नो पक्षलाई मत मागिरहेका छन् । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर मत मागिरहेका छन् । 

देशभरका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ । 

२०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ ।