१४ बैशाख २०८१, शुक्रबार 1714181347
प्रदेश

प्रधानमन्त्रीसँग प्रदेश प्रमुखको भेट

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने हुनुभएको छ।

प्रधानमन्त्री दाहालले पार्टीका सांसद र मन्त्रीलाई त्यसदिन कतै कार्यक्रम नपार्न निर्देशन दिइसकेको एक स्रोतले बतायो ।

कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिए पनि रास्वपाले समर्थन अझै कायमै राखेको छ ।

विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्री दाहालको तयारी छ ।

चैत्र ३ गते उपराष्ट्रपतिको निार्वचन भएकाले यसअघि विश्वासको मत लिंदा उक्त निर्वाचन प्रभावित हुनसक्ने भन्दै दहालले उपराष्ट्रपतिको निार्वचन लगत्तै विश्वासको मत लिन लाग्नुभएको हो । राप्रपाले फागुन १३ गते विश्वासको मत फिर्ता लिएकाले दाहाललाई चैत्र १३ गते भित्र विश्वासको मत लिइसक्नु पर्ने बाध्यता छ ।