१५ बैशाख २०८१, शनिबार 1714215572
राजनीति

मुख्य सचिव शंकरदास बैरागी सहभागी कार्यक्रममा होहल्ला

काठमाडौँ। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा विवाद भएको छ। मुख्य सचिव शंकरदास बैरागीसमेत सहभागी कार्यक्रममा होहल्ला भएपछि एकजना वक्ताले बीचमै मन्तव्य रोक्नुपरेको छ।

त्यसपछि उद्घोषकले चन्द्र साउदलाई मन्तव्य राख्न भन्दै मञ्चमा बोलाए । साउदले सरकारी अनुगमन समितिको प्रभावकारीतामा प्रश्न उठाए । उनले अधिकारसम्पन्न अनुगमन समिति गठन हुनुपर्ने र उपभोक्ताहरूको अलग्गै मन्त्रालय गठन हुनुपर्ने धारणा राखे।

साउद बोलिसकेपछि भने सहज ढंगले कार्यक्रम भइरहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा भइरहेको कार्यक्रममा मुख्य सचिव वैरागी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, विभिन्न मन्त्रालयका सचिव, उपभोक्ता अधिकारकर्मी लगायत सहभागी छन् ।