१४ बैशाख २०८१, शुक्रबार 1714171904
समाचार

उद्योग वाणिज्य संघ रामेछापमा लोकतान्त्रिक प्यानल विजयी

काठमाडौं । रामेछाप उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी भएका छन् । शनिबार रातिदेखि भएको मत गणना सम्पन्न भएको छ । निर्वाचित मत परिणाम अनुसार लोकतान्त्रिक प्यानल विजयी भएका हुन् ।

गठबन्धनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको संयुक्त प्यलन विजयी भएका छन् । संयुक्त प्यानलबाट अध्यक्ष नवीन कुमार थापा मगरको प्यानल निर्वाचत भएका हुन् । उनका प्रतिस्पर्धी एमाले निकट नवराज ढुङ्गेलको प्यानल नै पराजित भएका छन् ।

मगरले ६७१ ल्याएर विजयी हुँदा ढुङ्गेलले ५३९ मत पाएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा गठबन्धनका प्रकाश कुमार श्रेष्ठले ६४१ मत पाउँदा उनका प्रतिस्पर्धी सुमिका श्रेष्ठले ५६२ मत पाएका छन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा गठबन्धनका सुदिश साहाले ६५५ मत पाउँदा उनका प्रतिस्पर्धी रामहरि उप्रेती ५३७ मत पाए। उद्योग उपाध्यक्षमा गठबन्धनका आकाश रिजाल ६५२ मत पाउँदा उनका प्रतिद्वन्द्वी चन्द्र मानन्धर ५३८ मत पाएका छन्।

१४ पदको लागि हुन लागेको निर्वाचनमा २८ जना उम्मेदवार मैदानमा थिए। जस अनुसार प्रतिस्पर्धी रूपमा लिएको महासचिव पदको लागि एमाले निकट व्यवसायीको तर्फका उम्मेदवार सुरेश उदासले ५८५ मत पाएका भने गठबन्धनका साझा उम्मेदवार कुमार श्रेष्ठ मत ६०९ मत पाएका छन् ।

संघको मन्थली स्थित सचिवालयमा गणना गरिएको थियो । सचिवमा यज्ञप्रसाद सुवेदी निर्वाचित भएका छन् । उनले ६९९ मत पाउँदा उनका प्रतिस्पर्धी राजु थाले ४९२ मत पाएका छन् । कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी निर्वाचत भएका छन् । उनले ६८६ मत सहित प्रतिस्पर्धी सरोज तामाङलाई पराजित गरेका थिए । तामाङले ४९७ मत मात्र पाए ।

प्रमोदकुमार श्रेष्ठ आजिवन सदस्य निर्वाचित भएका छन् । उनले ६५० मत पाएर प्रतिस्पर्धी किशोर पौडेललाई पराजित गराएका हुन् । पौडेलले ५२१ मत मात्र पाए । महिला सदस्यमा जया सुवेदी ६७६ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी लक्ष्मी श्रेष्ठ ५१६ मत सहित पराजित भइन् ।

सदस्यहरूमा अर्विनकुमार श्रेष्ठ, राजु श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, बाशुदेव फुयाँल र हरेराम क्षेत्री विजयी भएका छन् । अर्विनकुमारले श्रेष्ठले ६२२, राजु श्रेष्ठले ६३०, श्यामकुमार श्रेष्ठले ६८०, बाशुदेव फुयालले ७१९ र हरेराम क्षेत्रीले ६१२ मत पाएका छन् ।