८ बैशाख २०८१, शनिबार 1713624406
राजनीति

नेविसंघबाट ५ क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित

काठमाडौँ । चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न कलेजमा विद्यार्थी नेताहरू निर्विरोध निर्वाचित भइरहेका छन्। देशभरका विभिन्न ५ क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघका स्ववियु सभापति निर्विरोध निर्वाचित भएको नेविसंघले जनाएको छ।

नेविसंघका अनुसार पाँचथर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा मुना नेपाली, प्युठान क्याम्पसको स्ववियु सभापतिमा हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कृष्ण लामिछाने, त्रिभुवन आदर्स क्याम्पसको स्ववियु सभापतिमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियु सभापति संजीवनी न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी विभिन्न १६ वटा क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचित भएको बताइएको छ। स्ववियु निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ।