८ चैत्र २०७९, बुधबार 1679464732
Banner

प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले काराण देखाउ आदेश जारी गर्दै अग्राधिकार प्रदान गर्ने आदेश दिएको छ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने पप्रचण्डको नाममा आदेश जारी गरेको छ ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रवलाल श्रेष्ठले बहस गर्नुभएको थियो ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए । सुनुवाइ सकिए पनि आदेश आउन बाँकी छ । 

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने बताउनु भएको थियो । सोही आधारमा उनीविरुद्ध मुद्दा हालिएको हो।