१४ बैशाख २०८१, शुक्रबार 1714163311
Banner

एमाले छोटो दौडमा कुदिरहेको छैन : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अरू पार्टी जस्तो दैनिक फोहोरी खेलमा सहभागी नहुने बताउनुभएको छ । नेपाल खेलकुद महासंघले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी अरू पार्टी जस्तो दैनिक फोहोरी खेलमा सहभागी छैनौं। सिल्भर ताते जस्तो रनक्क तातिहाल्ने होइन। हाम्रो अलिक दिगो खालको हुन्छ।’

एमालेले देश बनाउने अभियानमा रहेको भन्दै ओलीले भन्नुभयो, ‘छोटो दौडको कुदाइमा एमाले कुदिरहेको छैन। हामी हतारो गर्दैनौं।’अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको भन्दै आफूहरु त्यसमा सहभागी नहुने बताउनु भएको छ। एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने भन्दै आफूहरु म्याराथन दौडमा रहेको उहाँले बताउनुभयो ।

ओलीले छिटो पनि नगरी, हतार पनि नगरी, योजनावद्ध ढंगले अघि बढ्नु पर्ने बताउनुभयो।