१५ बैशाख २०८१, शनिबार 1714208608
अपराध

खैरो हिरोइन कारोबारीको गिरोहमा सशस्त्र प्रहरीका हवल्दारसहित ११ जना पक्राउ

काठमाडौं । लागूऔषध खैरो हिरोइनको कारोबारमा सशस्त्र प्रहरी बलका एक जना हवल्दारको संलग्नता देखिएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रही बलको नं.२ हेडक्वार्टर झापामा कार्यरत सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलको लागूऔषध कारोबारमा संलग्नता देखिएको हो ।
ब्यूरोका प्रमुख एसएसपी हृदय थापाका अनुसार एक जना भारतीय लागूऔषध कारोबारीमार्फत उनको संलग्नता पुष्टि भएपछि भुजेललाई पक्राउ गरिएको छ । उनी सशस्त्र प्रहरी बलको भद्रपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा कार्यरत रहँदा तस्करीमा संलग्न भएका थिए । पछिल्लो समय ब्यूरोले अनुसन्धान सुरु गरेपछि उनलाई सशस्त्र प्रहरी बलले निलम्बन गरेको थियो ।

‘काठमाडौंमा एक जना लागूऔषध प्रयोगकर्ता पक्राउ गरेपछि त्यसलाई फलो गर्दै जाँदा भुजेल संलग्न गिरोहको ११ सदस्य पक्राउ परेका छन् ।