२४ बैशाख २०८१, सोमबार 1715008078
राजनीति

संस्थापन पक्षबाट कुटिएका रिमाल भेट्न अस्पतल पुगे कोइराला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको संस्थापन पक्षबाट कुटिएर घाइते भएका नेता शिव रिमाललाई भेट्न कांग्रेस नेता डा.शेखर कोइरालाले अस्पताल पुगेका छन् ।

गत बिहीबार कीर्तिपुरमा नेविसंघका पूर्वकोषाध्यक्ष रिमाल र हरि आचार्यमाथि संस्थापन पक्षले सांघातिक हमला गरेका थिए । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेताहरू कुटिएको पूर्वइकाई सभापति योगेन्द्र रावलको आरोप छ ।

घाइते रिमालको बल्खुस्थित स्टार अस्पतालमा उपचार भइरहेको छ । डा.शेखर कोइरालासहित नेविसंघका पूर्वअध्यक्ष रन्जित कर्ण र महामन्त्री मनोजमणि आचार्यलगायतका नेताले रिमाललाई भेटेर घटनाका दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

यसैबीच नेविंघका अध्यक्ष शेर्पाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्य तथ्यका लागि छानबिन समिति गठन गर्ने र संगठनभित्रको आन्तरिक एकतालाई मजबुत बनाउन संवाद थाल्ने बताएका छन् ।