१४ बैशाख २०८१, शुक्रबार 1714165363
Banner

राष्ट्रपति उपराष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागु

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगका अनुसार आजबाट लागु भएको आचारसंहिता चैत ५ गतेसम्म लागु हुनेछ ।

“दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ,” आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आउँदो फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचनका संघीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।

राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।