२६ बैशाख २०८१, बुधबार 1715214826
Banner

राष्ट्रपतिमा सघाउन रामचन्द्र पौडेलको रविसँग आग्रह

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका छन् ।