१४ बैशाख २०८१, शुक्रबार 1714180809
Banner

स्कटल्यान्डमाथी नेपालको जित

काठमाडौं । कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाएका छन् । हारको संघारमा पुगिसकेको टिमलाई उद्दार गर्ने क्रममा उनले नवौं विकेटका लागि करण केसीसँग निर्णायक साझेदारी गरे ।

लगातार चौंथोपटक टस जितेपछि नेपालले चौंथोपटक नै फिल्डिङ रोजेको थियो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि स्कटल्यान्ड २१२ रनको मध्य स्कोरमा समेटियो । नेपालले पाएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गर्‍यो ।